letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de jeewan dherai choto cha - topi (npl)

Loading...

[verse 1]
वरिपरि के खोज्दैछौ
एकछिन ऐना हेर न
सधैँ अरु कोही बन्छौ
आफैलाई स्वीकार न

[verse 2]
आफ्नो भन्दा सबै कुरा
अरुको नै राम्रो लाग्छ
सन्तोष मन नै खुशी हुन्छ
बुझ्ने कोशिश गर न

[pre-chorus]
कदर गर
जे छ तिमीसंग तिम्रो आफ्नो छ
माया बाँड
छोडि जाँदा माया नै त लानु छ

[chorus]
हे, हे, हे
यो जीवन धेरै छोटो छ
हे, हे
यो जीवन धेरै छोटो छ

[verse 3]
रीत बदलिदैनै जान्छ
सकिन्न है पछ्याउन
समय अघि बढी हाल्छ
सकिन्न है फर्काउन

[verse 4]
जीवन केवल सम्झौता हो
भन्ने सोचाई छाड न
आफ्ना सपनालाई पछ्याउने
हिम्मत गर न

[pre-chorus]
कदर गर
जीवन सारा छिनभरमा नै बित्ने छ
माया बाँड
छोडि जाँदा माया नै त लानु छ

[chorus]
हे, हे, हे
यो जीवन धेरै छोटो छ
हे, हे
यो जीवन धेरै छोटो छ

[verse 5]
पश्चताप नगर्नु कुनै निर्णय को
गल्ति बाटै सिकिन्छ
ढिला भो नभन नयाँ सुरुवात को
अवसर अझै बाँकी छ

[chorus]
हे
यो जीवन धेरै छोटो छ
हे, हे
यो जीवन धेरै छोटो छ
हे, हे
यो जीवन धेरै छोटो छ

letras aleatórias

MAIS ACESSADOS

Loading...