letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de timiley - samir shrestha

Loading...

[verse 1]
कसरी भनूँ म तिमीलाई माया गर्छु म?
कसरी पोखूँ मेरा यी भावना जुन छन् तिमीप्रति?
हावालाई भनी पठाऊँ कि साउने झरीको वर्षालाई?
पत्रमा लेखी पठाऊँ कि आजाद हुलाकु पन्छीलाई?

[chorus]
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले

[verse 2]
खोलाको दोभानझैँ मिसिगयौ तिमी मभित्रै
हिर्दयको माझमै बास गऱ्यौ देवीदेवताझैँ
दिन र मेरो रात कटी जान्छ तिम्रै सम्झनामा
आँखाहरू मेरा रहन्छन् सदैव तिम्रै खोजी-तलासमा

[bridge]
मेरो निन्द्रा चुरायौ तिमीले
बिपनीभरि छायौ तिमी नै
कस्तो यो उल्झन? गाह्रो भो उम्कन तिमीबाट मलाई
झन्-झन् डुब्दै गाछु, आफैमा छैन काबु, गऱ्यौ यो के जादु
तिमीले, तिमीले?

[chorus]
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
[outro]
hmm
मेरो मन चोरी लग्यौ तिमीले

letras aleatórias

MAIS ACESSADOS

Loading...