letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de himali nepali - mantra band

Loading...

गौथली चिरबिर गर्दैन
भने त्यो होइन गौथली
कोयली कुहु भन्दैन
भने त्यो होइन कोयली
गर्भ नै बाट आउछँन
सबै भेष र भाषाली
यो भेष र भाषा नबिर्सौं हामी
हिमाली, नेपाली

कसैले पो भन्ला तिमीलाई
कतै त्यो होइन तिम्रो देश
भन्दिनु उनलाई जहाँ म
उभेछु त्यहिँ हो मेरो देश
सगरमाथा सेरो र
फेरो हिमाली प्रदेश
यसैमा बित्यो विवशता हाम्रो
यहिँ हो मेरो देश

भाषा र संस्कृती सबको जनमको
सबको जनमको अधिकार
कसैमा यो धुन नहोला भने
त्यसैलाई छ मेरो धिक्कार

बाच्न र हास्न पाइन्न भने
पाइन्न भने के को स्वाधिनता?
बाच्नलाई गासँ नभए
भैगो आमा चाहिन्छ
मर्मको कुरा खोल्न गर्भको
गर्भको भाषा त चाहिन्छ

खोला र नाला, पहाड र झरना
यहिँ नै हो मेरो देश
चौबन्दी चोली, ढाका र टोपी
यहिँ नै हाम्रो भेष
बाच्न र हास्न पाइन्न भने
पाइन्न भने के को स्वाधिनता?

बाच्नलाई गासँ नभए
भैगो आमा चाहिन्छ
मर्मको कुरा खोल्न गर्भको
गर्भको भाषा त चाहिन्छ

कसैले पो भन्ला तिमीलाई
कतै त्यो होइन तिम्रो देश
भन्दिनु उनलाई जहाँ म
उभेछु त्यहिँ हो मेरो देश
गर्भ नै बाट आउछँन
सबै भेष र भाषाली
यो भेष र भाषा नबिर्सौं हामी
हिमाली, नेपाली

letras aleatórias

MAIS ACESSADOS

Loading...