letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de katha: episode v - alapatra - sajjan raj vaidya

Loading...

verse

परदेशको हावाले छोइसकेछ

भुल्न पनि उस्तै आउन्न, गाँठे

पिरतीको सम्झनामा पागल भइसकेँ

ओठ खोली उनकै नाम पुकारेँ

verse

यो तारालाई हेर्छु, तीता गीतहरू सुन्छु

अनि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु

खै किन, खै किन, खै किन

सकिएन, सक्दिन तिमीबिना

pre-chorus

तर यो चिसो बतासले मेरो मुटु झकझक्याउँदा

तिम्रो न्यानो अँगालोलाई सम्झिएँ
“तिमी ठिकै त छौ नि?” भनी सोद्धा तिम्ले

आँखाभरि आँसु लिई “ठिकै छु” भन्दिएँ

chorus

तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्

फर्किएर आउँछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस्

आजभोलि नै मरोस्

verse

चुम्दा त्यो ओठ तिम्रो मुटु पग्लिने

अँगालोले झनै ज्यानै लगिदिने

शिथिल चाल तिम्रो याद आयो, प्रिय

तर यो साल नि यतै अल्झिएँ

verse

यो सूर्यास्त हेर्छु, टोलाउँछु, मुस्कुराउँछु
फेरि एकैछिनमा तिमी सम्झी डाँको छोडी रुन्छु

खै किन, खै किन, खै किन

सकिएन, सक्दिन तिमीबिना

pre-chorus

तर यो भयानक झरी ओर्ली गड्याङगुडुङ गर्दा

तिमी डराएर अँगालोमा आउँथ्यौ, सम्झिएँ

तिम्रो केशलाई सुमसुम्याई शिर मुटु छेउ राखी

“नडराऊ, केही हुन्न” भन्थिएँ

chorus

तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्

फर्किएर आउँछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस्

आजभोलि नै मरोस्

bridge
माया (माया)

whoa, माया (माया)

माया (माया), whoa

chorus

तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्

फर्किएर आउँछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस्

आजभोलि नै मरोस्

letras aleatórias

MAIS ACESSADOS

Loading...