letra de mero aankhama - narayan gopal
Loading...
मेरो आँखालाई राख्ने
फूलबारी छैन
तिम्रो मुहारमा राखुँ
कि
मेरो बतासलाई बाँधने
सुगन्ध छैन
तिम्रो निश्वासमा
राखुँ कि
पहाड भन कि मधेश फाँट
घुमेकै म पनि
बैशाख भन कि पानीको
रिमझिम रुझेकै म पनि
त्यसरी पनि जीवन झुल्छ
जसरि फुल्छ वन
बाढ्नलाई बाँकी रहेन
केहि बाँकी छ यही मन
बाँकी छ यही मन
मेरो यहि मनलाई राख्ने
घुम्तीघर छैन
तिम्रो दोकानमा राखूँ
कि
उदास भन कि खुशी भन कि
भएकै म पनि
राम्रा नराम्रा दुवै नै
थरि भएकै म पनि
जता नै पनि जोवन फुल्छ
जसरि फुल्छ फूल
मायालु मात्र बेग्ला र
बेग्लै मायाको एउटै फूल
मायाको एउटै फूल
मेरो मायालाई राख्ने
झ्यालखाना छैन
तिम्रो नजरमा राखूँ कि
मेरो आँखालाई राख्ने
फूलबारी छैन
तिम्रो मुहारमा राखुँ
कि
letras aleatórias
- letra de how does it feel - malaynah
- letra de lepotica i zver - indy
- letra de outta time - teenas
- letra de the only name (yours will be) [live] - big daddy weave
- letra de me vs me - horid the messiah
- letra de nichts gesagt* - céline
- letra de twist of fate - pyro187
- letra de spiritual cramp (creux lies mix) - christian death
- letra de frankly speaking - awesome dre
- letra de magic magic - tyfontaine & sjr