letras.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

letra de ma ta hunchhu jasto - deepak limbu, anju panta

Loading...

म त हुन्छु जस्तो लाग्थेन
मायामा यसरी पागल
म त हुन्छु जस्तो लाग्थेन
मायामा यसरी पागल

अलि नजिक आऊ न, आऊ, मुस्कुराऊ न
छोऊ न, छुनै छ मज्जा
माया भन्नु यही रैछ, यही पागलपन रैछ
पागल हुनै छ मज्जा

ए, सुस्तरी बोल न
अरू कसैले सुन्छ
ए, बिस्तारै बोल न
मलाई त लाज हुन्छ

म त हुन्छु जस्तो लाग्थेन
मायामा यसरी पागल

यस्तै रहोस् हरपल
यस्तै रहोस् जवानी
तिमी प्यासी बन्नू पलपल
पलपल बनूँ म पानी
तिमी प्यासी बन्नू पलपल
पलपल बनूँ म पानी

डुबेँ नि, लौ म डुबेँ
नशालु ती नजरमा
झन् छोए कस्तो होला
बैँसालु ती अधरमा?
झन् छोए कस्तो होला
बैँसालु ती अधरमा?
तिमीलाई नदेखी, तिमीलाई नभेटी
यो मन कसरी मान्छ?
साँचो माया दिन्छु म, साँचो माया लिन्छु म
गए यो ज्यानै जान्छ

ए, सुस्तरी बोल न
अरू कसैले सुन्छ
ए, बिस्तारै बोल न
मलाई त लाज हुन्छ

म त हुन्छु जस्तो लाग्थेन
मायामा यसरी पागल
म त हुन्छु जस्तो लाग्थेन
मायामा यसरी पागल

letras aleatórias

MAIS ACESSADOS

Loading...