![letras.top](https://letras.top/files/logo.png)
letra de kaalpanik - bartika eam rai
[verse 1]
सुनेजस्तै बग्ने रहेछ हावाको बेगमा यो झरी
नहुने रहेछ कहिले एकनास
मायाका कुरा नसाटि कलेजीमा गाँसिदियौ
जुनीभरि तिम्रै चाहना कसोगरि साँचिदियौ?
शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु
आखिरीमा सत्य यो पनि रहेछ
चलेसम्म सास चल्ने मुटु
[chorus]
हावासंगै सोध्छु म
ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उति लाग्छ थियो कल्पना
रु, रु, रु, रु, रु, रु
[verse 2]
आफूभन्दा बेसी चिनेसरि
थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि
भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित बोलेका
शब्द ती खै कता गए?
अरु त सबै निको होला
कुनै समयमा संगै बाचेको
संगै नाचेको, संगै हासेको (खै?)
खै? कसरी निको हुने?
[bridge]
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
तर पनि मुटु (ना-ना-ना-ना-ना-ना-ना-ना-ना)
तर पनि मुटु चलेकै छ (ना ना-ना-ना)
[verse 3]
शायद जीवन मेरो
भ्रम नै बेसी भयो
आँखा चिम्लेरै सास सबै
हाम्रो सकिने हो
भेट भए फेरी नाचिनेसरि
आफ्नै बाटो लागुला म
प्रश्न यो मनको नसुनेसरि
अगाडी हिंडुला म
[chorus]
हावासंग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाकि होला?
[outro]
रु, रु, रु, रु, रु, रु, रु, रु
रु, रु, रु, रु, रु, रु
रु, रु, रु, रु, रु, रु
letras aleatórias
- letra de clean up time - revvy
- letra de vittorio neves - neves17
- letra de nuevas amigas - easy-s
- letra de эротика (erotica) - сепсис (sеpsis)
- letra de adios #3 - msaweb hakka
- letra de parler sans un mot - nuit incolore
- letra de highway desperado - jason aldean
- letra de spectre 2.0 - alan walker, steve aoki & lonely club
- letra de flow bachatero :vespero - mory
- letra de d3ad b0y - payback (irn)