letra de timi mero ma timro - 1974 ad
[pre-chorus]
आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ
आएर भन्न खोज्छु, डर लाग्छ किन? किन?
पर्खेर बस्छु तिमीलाई देखा पर्छौ एकै छिन
त्यही तिम्रो झझल्कोले सताइरहन्छ रात दिन
कुरेर बस्छु तिमीले देख्छौ कि भनेर
एक्लै सोचिरहन्छु म
[chorus]
तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो
हुनेछौ, मायालु, तिमी र म
तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो
हुनेछौ मायालु, तिमी र म
आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ
आएर भन्न खोज्छु, डर लाग्छ किन? किन?
[verse]
प्रेम हो कि, यो प्रेम हैन?
तिमीलाई छोड्न अब मन छैन
प्रेम हो कि, यो प्रेम हैन?
तिमीलाई छोड्न अब मन छैन
कुरेर बस्छु तिमीले बुझ्छ्यौ कि भनेर
एक्लै सोचिरहन्छु म
[pre-chorus]
आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ
आएर भन्न खोज्छु, डर लाग्छ किन? किन?
पर्खेर बस्छु तिमीलाई देखा पर्छौ एकै छिन
त्यही तिम्रो झझल्कोले सताइरहन्छ रात दिन
कुरेर बस्छु तिमीले देख्छौ कि भनेर
एक्लै सोचिरहन्छु म
[chorus]
तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो
हुनेछौ मायालु, तिमी र म
तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो
हुनेछौ मायालु, तिमी र म
तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो
हुनेछौ मायालु, तिमी र म
letras aleatórias
- letra de when i survey the wondrous cross (jesus saves) - ghost ship
- letra de ma-ya-hi - jamatami
- letra de вроде один (it seems one) - загараж (zagarazh)
- letra de baldi's basics song "don't wanna learn" - notarobot
- letra de been trippin - ybn nickybaandz
- letra de back to you - mackenzie nicole
- letra de farewell aldebaran - judy henske and jerry yester
- letra de who are you? - along way home
- letra de sulle puntine - jamil
- letra de hors de contrôle - joris blestel